कमल, असार १३ शनिबार / बिगत २ बर्ष देखि क्यान्सर रोगसँग लडिरहेकी ४ बर्षकि रोजिना बन्जरा लाई WE, बुहारी ग्रुपका सदस्यहरु ले सहयोग गरेका छन् । 

ग्रुप कि सकृय सदस्य दमक कि आशिका ढकाल सापकोटा को रोबर मा आएको केश लाई मोडिएटर तुलशा आचार्य गौतम र शृजना रेग्मी सुबेडि को बाहुलियता मा बिरामी रोजिना कि हजुरआमा गोमा बन्जरा लाई दमक स्थित हिमाल फार्मेसी मा नगद रु १०००० दश हजार मात्र हस्तान्तरण गरेको गौतमले बताइन् । 

यो ग्रुप मा देश तथा बिदेशमा बस्ने बुहारी हरुको फेसबुक पेज We, बुहारी ग्रुपमा १२००० सदस्य रहेका छन् । यस ग्रुप का एड्मिन प्रभा आचार्य मनिषा थापा काठमाडौ बाट र बिमला पाण्डे क्यानडा बाट आबद्ध छन् । 

ग्रुपले आर्थिक समस्यामा परेका र सामाजिक सेवामा संलग्न संस्थाहरुलाइ सहयोग गर्दै आएको छ । बिपदमा परेका र आर्थिक अभावमा रहेकाहरुलाई सहयोग गर्ने उदेश्यले खोलिएको यश ग्रुपले जेष्ठ ११ गते दोश्रो बार्षिक उत्सव मनाएको छ ।

बुहारिहरुले पनि केही गर्न सक्छन भन्ने जिवन्त उदाहरण बन्न सफल यो ग्रुप लाई सफलता को कामना तथा हार्दिक आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि बुहारी ग्रुप यसैगरी सामाजिक कार्यमा अग्रसर भएर जाओस भन्ने कामना गर्दै सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

Post a Comment

Previous Post Next Post