Swarnim

हरेक अभिभावक को चाहाना हुन्छ कि आफ्ना बच्चा हरु घरमा पढ्न मन गरुन , उनिहरुलाइ सधैं पढ्न लाई आफू ले गाली गरेर भनिरहन नपरोस तर अहिले को यो ईन्टरनेट को समयमा बच्चा हरु का लागि पढाई एक अल्छि र बोझ को विषय बनेको छ अनि अभिभावक लाई घरमा बच्चा पढाउनु एक ठुलो चुनौती को बिषय बनेको छ । यो विषयवस्तुको मध्यनजर गरेर स्वर्णिम पठशाला का प्रधानाध्यापक श्री कृष्ण मिश्र ले समस्या सामाधान का लागि ५ महत्त्वपूर्ण बुदाहरु उल्लेख गरेका छन : 

१. समय तालिका बनाउने । 

जुनसुकै काम पनि सधै एउटै समयमा गर्नाले उक्त कामप्रति बिस्तारै बानी बस्छ। जसरी हामीलाई हाम्रो खाना खाने समय भएपछि भोक लाग्दछ ठीक त्यस्तै गरी बच्चालाई पनि पढ्ने समय भएपछि पढाइको भोक लाग्नु पर्दछ जसका लागि हामीले उपयुक्त समयको छनौट गरी दैनिकरुपमा उक्त समयमा बच्चालाई पढ्न बचाउने हो भने समय बित्दै जाँदा बच्चालाई आफै उक्त समयमा पढ्न मन लाग्दछ।

२. पढ्नलाई सहज गराउने सामग्रीहरु उपलब्ध गराउने। 

बच्चालाई पढ्न अनि लेख्नलाई सहज गराउने सामग्री जस्तै उनीहरूको लागि लेख्नलाई उपयुक्त हुने साना टेबल, सेतोपाटी विभिन्न विषयहरु सँग सम्बन्धित चार्ट हरु (वर्णमाला फलफूल जनावर इत्यादि) विषयगत तथा अन्य कथाहरु का किताबहरू, पेन्सिल, इरेजर, सार्पनर, इत्यादि सामानहरूको व्यवस्था गरिदिनाले उनीहरुलाई पढाई प्रति आकर्षित गराउन सकिन्छ।

३. उत्प्रेरणा जगाउने बच्चालाई, उनीहरुले गरेका कामहरुमा हौसला प्रदान गर्ने।

तिमी सक्दैनौं जान्दैनौँ तिमीलाई आउँदैन भन्ने कुराहरु नगर्ने त्यसको सट्टा उनीहरुले लेखेका अक्षर बनाइएका चित्रहरू पढेका कुराहरु‌ थोरै मात्रै राम्ररी ब्यक्त गरेका छन भने उनीहरुलाई हौसला दिने अझै राम्रो गर्न सक्छौं भनेर उत्प्रेरणा जगाउन सकेमा उनीहरु आफूले जितेको महसुस गर्दछन् फलस्वरूप उनीहरु पढाइप्रति आकर्षित हुन्छन्। 

४. अवरोधहरु हटाउने पढ्ने समयमा पढाइप्रति मात्र तल्लीन गराउने।

उक्त समयमा अबरोध पुर्याउने कुराहरु जस्तै टेलिभिजन मोबाइल अनावश्यक होहल्ला हरु बाट बच्चालाई टाढा राख्ने साथै पढ्ने वातावरण बनाइराख्न घरका सम्पूर्ण सदस्यहरुले विचार पुर्याउने। 

५. पढ्ने कोठा छुट्टै बनाउने 

पढ्ने समयमा कुनै अवरोधहरु नआउन भन्नका लागि बच्चाका लागि पढ्ने कोठा छुट्टै बनाउने। उक्त कोठामा ससाना टेबल किताब राख्ने आलमारी चार्ट हरु सम्भव भएसम्म गमलामा फूल सेतोपाटीलाई व्यवस्थित ढङ्गबाट मिलाएर राखिदिनाले बच्चा कोठाभित्र एक रमणीय तरिकाले पढ्न सक्दछन्।

Post a Comment

Previous Post Next Post